logo-img

सम्भव सिरोहियाको दाबी- रविले समाचार रोक्न गरेको अनुरोध नमानेपछि कैलाशलाई पक्राउ गरियो

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि आइरहेका समाचार रोक्न कान्तिपुरलाई गरेको अनुरोध नमानेपछि कैलाश सिरोहियालाई पक्राउ गरेको दाबी गरेका छन् । 

सहकारी ठगीबारे निरन्तर समाचार लेख्दै आएको कान्तिपुरलाई समाचार लुकाइदिन रविले आग्रह गरेको र कान्तिपुरले त्यो अनुरोध नमानेपछि सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका सम्भवले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै भनेका छन् । 

नागरिकता प्रकरणमा कैलाश गत जेठ ८ गते पक्राउ परेका थिए । जेठ १६ गते हाजिर जमानीमा उनी छुटिसकेका छन् । 

हेर्नुहोस् सम्भवको यो भिडियो :  





  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया