कविता संग्रह विमोचन गर्दै प्रणयसूत्रमा बाँधिए दुई कवि

काठमाडौं– बिहीबार काठमाडौंको राष्ट्रिय नाचघरमा सधैँभन्दा फरक दृष्य देखियो । प्रायः साहित्यिक र सांस्कृतिक कार्यक्रम गुन्जिने नाचघरको हलमा बिहीबार साहित्यक कार्यक्रम मात्र भएन, दुई कवि आपसमा प्रणयसूत्रमा पनि बाँधिए ।   

मूर्धन्य साहित्यकारको बीचमा दोलखाका कवि बलराम दाहालको ‘भाडा नलाग्ने कोठा’ र नुवाकोटकी कवि भैरवी भूगोल ढुंगानाको ‘अस्वीकृत शालीनता’ एकैसाथ विमोचन भए । दुई कृति विमोचनलगत्तै उनीहरूले एकले अर्कोलाई माला लगाइदिँदै प्रणयसूत्रमा बाँधिए । 

दुवैतर्फका परिवार र साहित्यकारहरूको जमघटबीच उनीहरूले १३ वर्ष लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा रूपान्तरण गरेका हुन् । 

कृति विमोचन तथा वैवाहिक समारोहमा संस्कृतिविद् सत्यमोहन जोशी, पूर्वपरराष्ट्रमन्त्री महेन्द्र पाण्डे, साहित्यकारहरू वासुदेव त्रिपाठी, अशेष मल्ल, देवी नेपाललगायत अतिथिहरूको उपस्थिति थियो ।





  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार १८:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया