एजेन्सी– आजभोलि कपाल झर्नु महिलाहरुका लागि निकै ठूलो समस्या बनेको छ । धेरै मानिसहरु कपाल झर्नुका कारणले चिन्तामा हुन्छन् र यसबाट मुक्त हुन समाधान खोजिरहेका पनि हुन्छन् । वंशानुगत कारणले कपाल झर्ने भए पनि कहिलेकांही चाहिँ हामीले गरिरहेका गल्तीका कारण पनि कपाल झर्न सक्छ ।
यस्ता केही गल्ती जसका कारण हाम्रो कपाल झरिरहेको छः
कपाललाई निकै टाइट बाँध्नु
लामो कपाल बाँध्नु रमाइलो हुन्छ । तर, कसेर कपाल काट्दा कपाल झर्ने समस्या पनि निम्तिन्छ । खासमा यसरी कँसेर कपाल बाँध्दा कपालको जरामा निकै असर पर्छ । यसले कपाल झर्ने मात्र होइन, टाउको दुख्ने समस्या पनि निम्त्याउँछ ।
असन्तुलित खाना
असन्तुलित खाना हाम्रो शारीरिक स्वास्थ्यका लागि मात्र होइन, कपालको स्वास्थ्यका लागि पनि राम्रो मानिँदैन । धेरै खाना परिवर्तन गरियो वा पौष्टिक खाना खाइएन भने हाम्रो कपाल झर्ने समस्या झन् बढ्दै जान्छ ।
आइरनको कमी
आइरनको कमीले पनि कपाल झार्छ । आइरनको कमी हुँदा रगतमा हेमोग्लोबिनको उत्पादन कम हुन्छ । हेमोग्लोबिन कम हुनु भनेको अरु समस्या देखिनु त हुँदै हो, हाम्रो कपाललाई पनि समस्यामा पार्नु हो । यसले हाम्रो कपाल झर्ने क्रम बढाउँछ ।
केमिकलको प्रयोग
आजभोलि त कपाललाई रंग्याउनु फेसन बनेको छ । तर, कपाल रंग्याउने नाममा मात्र होइन, विभिन्न स्टायलको बनाउने वाहनामा कपालमा विभिन्न केमिकल हाल्दा पनि समस्या देखिन्छ । कपाल झर्ने समस्या छ भने यस्तो केमिकलहरुको प्रयोग गर्ने बानी तत्काल छाड्नु पर्छ ।
तातो पानीले नुहाउनु
जाडोमा तातो पानीले कपाल धुनेहरु निकै धेरै हुन्छन् । तर, लामो समय तातो पानीमा कपाल धुँदा त्यसले कपाललाई रुखो बनाउने मात्र होइन, कपाल टुक्रिने तथा कपाल झर्ने समस्या पनि बढाउँछ ।
अनावश्यक रुपमा तनाव लिनु
कपाल झर्ने मुख्य कारणमध्ये एउटा तनाव पनि हो । यदि तपाईं धेरै तनाव लिनुहुन्छ भने तपाईंमा कपाल झर्ने समस्या पनि बढी हुन्छ । सकेसम्म तनावलाई कम गर्ने हो भने कपाल झर्ने क्रम पनि विस्तारै रोकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।