फिल्म क्षेत्रमा नभएको भए एअरहोस्टेज हुन्थेँ : पूजा शर्मा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा छोटो समयमै उच्च स्थान बनाउन सफलमध्येको एउटा नाम हो, पूजा शर्मा । सानै उमेरबाट फिल्म क्षेत्रमा रुचि राख्ने पूजा फिल्म क्षेत्रमा सुनौलो तारा भएर उदाएकी छिन् भन्दा फरक नपर्ला । ‘थ्री लभर्स’  फिल्मबाट यस क्षेत्रमा प्रवेश गरेकी पूजाले धेरै अहिलेसम्म दर्जनौँ फिल्ममा काम गरिसकेकी छिन् ।

पूजा आफू यस क्षेत्रमा आफ्नो इन्ट्रेस्टले आएको बताउँछिन् । आफूलाई पनि एकदमै मन पर्ने र परिवारको पनि पूर्ण समर्थन भएका कारण आफू यस क्षेत्रमा टिकिरहेको उनी बताउँछिन् । पहिलो रोजाइ नै फिल्म क्षेत्र भएका कारण यसलाई प्राथमिकता दिएको बताउने पूजा फिल्म क्षेत्रमा नलागेको भए के गर्थिन् त ? ‘म यो क्षेत्रमा नभएको भए एअरहोस्टेज हुन्थेँ होला,’ उनी भन्छिन्, ‘पहिलो रोजाइ फिल्म नै थियो, फिल्म क्षेत्रपछिको क्षेत्र भनेको एअरलाइन्स हो ।’ 

उनलाई थाहा छ, फिल्म क्षेत्रमा धेरै चुनौती छन् । फिल्म क्षेत्रमा आएर आफ्नो ठाउँ कायम राख्न, दर्शकको मन जित्न एकदमै आवश्यक छ । दर्शकहरूलाई आफ्नो सफलताको मुख्य आश्रय मान्ने उनी दर्शकको माया अनि सपोर्टका कारण आफूले यो क्षेत्रमा धेरै राम्रो गरेको बताउँछिन् । 

आफूले यस क्षेत्रमा आएर केही नगुमाएको बरु पाएको उनको ठम्याइ छ । अहिले ‘सम्हालिन्छ कहिले मन’को सुटिङमा व्यस्त पूजा यसअघिका फिल्ममा जस्तै दर्शकले आफ्नो कामलाई मन पराउने विश्वास गर्छिन् । 





  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार १८:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया