logo-img

रुम्जाटारबाट सुरु भयो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन

ओखलढुङ्गाको रुम्जाटारबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन सुरु भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको छायाङ्कन रुम्जाटारबाट सुरु भएको हो । फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बाल कलाकार जान्भी पौडेल दिएका थिए ।

फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाललगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा बाल कलाकारको रुपमा जान्भी पौडेल र स्वयम् केसीको अभिनय छ ।

गन्धर्व परिवारको कथा बोल्ने सोसियल ड्राममा फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन छ । फिल्म अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।

विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहनेछ । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । फिल्म २०८२ मा दर्शकमाझ आउने निर्माण पक्षले जनाएको छ ।







  • प्रकाशित मिति : जेठ २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया