नेपालमा ६९ वटा जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार सन् २०२४ को सुरुदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा एक हजार १०५ जनामा डेंगु संक्रमण देखिएको छ ।
जसमध्ये सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा डेंगु संक्रमण पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ३८९, कोशी प्रदेशमा २६४ जनामा पुष्टि भएको छ ।
गत वर्ष ५२ हजार ७९० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।