सुनभन्दा महङ्गाे कफी !

पछिल्लो समय नेपाली बजारमा सुनको भाउ भन्दा पनि बढी तस्करीको सुनको विषयमा चर्चा बढेको छ । यसको अर्थ के होइन भने सुनको भाउमा गिरावट आएको छ ।

सुनको मूल्य त प्रत्येक दिनजसो बढिरहेको छ र वर्षेनी यो बढ्दो छ ।

तर, सुनभन्दा पनि महंगो छ कफी । नेपाली समाजमा पछिल्लो समय कल्चरका रुपमा विकास हुँदै छ– कफी कल्चर । काठमाडौंमा वा नेपालभर अहिले कफी सपहरु बर्गेल्ती खुलिरहेका छन् ।

कफी सपहरुमा पाइने सबै कफी एकै प्रकारका चाहिँ होइनन् ।

कफीका अनेकौं किसिम हुन्छन् र कुनै कुनै कफीको मूल्य त सुनको भन्दा पनि महंगो हुन्छ । कोपी लुवाक नामको एउटा यस्तै कफी छ जसको मूल्य सुनभन्दा पनि बढी हुन्छ । यो कफी इन्डोनेसिमा बन्छ ।

यसको उत्पादनका लागि एसियामा मात्र पाइने सिवेट बिरालोको प्रयोग हुन्छ । यी बिरालोहरुलाई कफीको दाना खुवाइन्छ । त्यसपछि उनीहरुको मलमा निस्कने केही विशेष दाना छानेर मात्र कफी तयार पारिन्छ ।



उत्पादकहरु भन्छन्– यस्तो गर्नाले कफीको प्राकृतिक मीठापन चाख्न पाइन्छ । यो प्रक्रिया घरेलु नभइ जङ्गली बिरालोबाट गर्ने हो भने एक किलो कफीको कम्तिमा पनि ७० हजार रुपैयाँ पर्ने उत्पादकहरुले बताएका छन् ।



  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार २०:४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया