जब हावा खान यात्रीले विमानको ढोका खोलिदिए

केही अघि चीनको सिचुआन प्रान्तको मियानयाङ एअरपोर्टमा एक अनौठो दृश्य देखियो । त्यो के भने एक चिनिया यात्रुले विमान अवतरण गर्नुपूर्व नै विमानको आकस्मिक ढोका खोलिदिए । जब यसबारे ती यात्रुसँग सोधियो, जवाफमा उनले विमानमा ताजा हावा नमिलेको कारण आकस्मिक द्वार खोलेको बताए ।

मिडिया रिपोर्ट्सका अनुसार उक्त व्यक्तिको ‘सरनेम’ चेन बताइएको छ । चेनको भनाइमा उनलाई निकै गर्मी लागिरहेको थियो । उनलाई लाग्यो कि, झ्याल खुलै छ । तर त्यो आकस्मिक द्वार थियो । यसबारे अनुसन्धानका गर्न चेनलाई १५ दिनका लागि हिरासतमा लिइयो । चीनमा सस्तो हवाइ सेवा दिने ‘लकी एअर’ले आफ्नो एक बयानमा भनेको छ– यो जो घटना भयो, त्यसका लागि यात्रु स्वयं जिम्मेबार हुनेछ ।

लकी एअरको विमान संख्या ८एल९७२० ले हनिया प्रान्तको सान्यादेखि उडान भरेको थियो भने २ घण्टा ४० मिनेटपछि मियांमा अवतरण भएको थियो ।





  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार २३:३५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया