logo-img

शैलजा आचार्य अर्थात् प्रजातान्त्रिक आन्दोलनकी अथक योद्धा

‘जुन जाति तानाशाहका विरुद्ध लडेर आफ्नो मौलिक अधिकार लिन सक्दैन, ऊ कहिल्यै स्वतन्त्र रहन सक्दैन’ क्रान्तिको यो सन्देशात्मक आह्वान शैलजा आचार्यको थियो । झन्डै ६५ वर्षअघि यो समाजमा एक महिलाको चित्र कस्तो थियो होला ? त्यो पनि आफूलाई ‘सर्वशक्तिमान’ ठानेका राजा महेन्द्रलाई ‘कालो’ झण्डा देखाउने महिला ।  

आजको पुस्तालाई त्यो विम्ब मात्रै एउटा आदिम ‘स्केच’ लाग्नसक्छ । तर, त्यो समाजमा शैलजा जस्ता धेरै क्रान्तिकारी महिला पनि थिए, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि आफूलाई जीवनभरि समर्पण गरे । नेपालको प्रजातान्त्रिक आन्दोलन अनि राजनीतिको यो पातालबाट शैलजा ‘दिदी’ बिदा भएको पनि लगभग १४ वर्ष भइसकेको छ । उहाँ आफूले बाँचेको सबै जीवन भने यही पुस्ताको प्रजातान्त्रिक अधिकारको लडाइँमा बिताउनुभयो । 



नेपालमा परिवर्तनका लागि भएका हरेक लडाइँमा धेरै त्यस्ता योद्धाहरूको जन्म भयो, जसको समर्पण अनि त्याग र बलिदानको परिणाम हामी आजको जीवन बाँचिरहेका छौँ । ती धरोहरमध्येमा पनि शैलजा अझ अग्लो र नेपाली राजनीतिको एउटा सग्लो सजीव चित्र हुनुहुन्छ । उहाँले आफ्नो जिन्दगीभन्दा धेरै प्रजातन्त्रका लागि सङ्घर्षमा आफूलाई समाहित गर्नुभयो ।

पञ्चायतसँग लड्न नेपाली कांग्रेसले थालेको सशस्त्र क्रान्तिका लागि शैलजाले भारतमै बसेर हातहतियारको जोहो पनि गर्नुभयो । त्यो बेला शैलजा नेपाली कांग्रेसको युथ लिगको अध्यक्ष पनि भइसक्नुभएको थियो । युवाहरूलाई सङ्गठित गरेर क्रान्तिमा होमिनका लागि २०२४ सालमा नेपाली कांग्रेसले बनाएको युथ लिगको उहाँ संस्थापक हुनुहुन्छ । जसले पञ्चायत विरोधी आन्दोलनलाई अझ उचाइमा पुर्‍याएको थियो । 

स्व. बिपी र गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालाले दुईवटा विवाह गर्नुभएको थियो । २००७ सालको क्रान्तिपछि प्रजातान्त्रिक सरकारका पहिलो प्रधानमन्त्री मातृकाप्रसाद कोइराला कृष्णप्रसादका दुईमध्ये जेठी पत्नी मोहनकुमारीको कोखमा जन्मिनुभएको थियो । १६ वैशाख २००१ ​मा मोहनकुमारीकै यही कोखमा जन्मिएकी इन्दिराकी छोरी हुनुहुन्छ शैलजा आचार्य । उहाँ बिपी, तारिणी, केशव अनि गिरिजाप्रसाद कोइरालाहरू भने कृष्णप्रसादकी दोस्री श्रीमती दिव्या कोइरालाको कोखमा जन्मिनुभएको थियो । 

पूर्वी नेपालको यो परिवारकी एक हिस्सा भएका कारण शैलजाको कलिला उमेर राजनीतिको त्यही बगैँचामा हुर्कियो । बिपीसँग पारिवारिक साइनो (मामा–भाञ्जी) ले शैलजाको राजनीतिक जीवन अझ फक्रियो । र त जीवनभरि उहाँले बिपीको साथ छोडनु भएन । शिक्षादीक्षासँगै आएका राजनीतिक आरोह–अवरोहका कारण शैलजाको जीवन वैवाहिक मोडतिर गएन । बरु सधैँ नेपालमा प्रजातन्त्र स्थापनार्थ उहाँले आफूलाई दौडाइरहनुभयो एउटा अथक योद्धा बनेर । 



१ पुस २०१७ पुस १ मा राजा महेन्द्रले प्रजातन्त्र खोसे । राणासँग जनताले गरेर फर्काएको प्रजातन्त्रलाई उहाँले १० वर्ष पनि राम्रोसँग बाँच्न दिएनन् । राणासँग लडेकाहरू फेरि राजाविरुद्ध लड्नुपर्ने अवस्था आयो । दिन महिनाहरू बित्दै थिए । तत्कालीन क्रान्तिका अगुवा बिपी कोइरालाहरूले राजाको त्यो कदमविरुद्ध कसरी लड्ने भनेर लडाइका कुनै रूपरेखाहरू कोरिसक्नु भएको थिएन । तर, भित्रभित्रै राजाविरुद्ध जनमत भयङ्कर भइसकेको थियो । त्यही वर्षको ७ फागुनमा राजा महेन्द्र टुँडिखेलमा आउने कार्यक्रम थियो । राजा हेर्न धेरै मान्छे जम्मा भइसकेका थिए । सैनिक हेलिकोप्टरले फूलको वर्षा गरिरहेको थियो ।

एउटा कुनामा कालो सल ओढेका युवतीहरूको एउटा हुल थियो । सबैले उनीहरूलाई ‘कन्या स्कूलका केटीहरू’ भन्ने ठानेका थिए । तर, जब राजा देखिए त्यो ‘कन्या समूह’ले आफ्नो रूप देखाइहाल्यो । ‘बिपीलाई जेलमुक्त गर’ भन्दै राजालाई ती काला सलहरू देखाएर नारा लगाउनेहरूको सबैभन्दा अघि हुनुहुन्थ्यो, शैलजा आचार्य । त्यसमा अरू पनि नेताहरू मिसिएर ‘प्रजातन्त्र र बिपी जिन्दावाद’ भन्दै नारा लगाए । केहीबेरमै प्रहरीले उहाँलाई भ्यानमा कोच्यो । १६ वर्षकी शैलजा त्यसपछि तीन वर्ष जेलमै बस्नुपर्‍यो । १ पुसमा प्रजातन्त्र खोसेर महेन्द्रले बिपीहरूलाई पनि जेल हालेका थिए । 



त्यसपछि लामो समयसम्म उनी बिपीहरूसँगै भारतमा निर्वासित जीवन बिताउनुपर्‍यो । पढाइलेखाइ त छँदै थियो । त्यसका अलावा उहाँले बिपीको सानिध्यमै रहेर नेपालमा चलिरहेको पञ्चायतविरुद्धको आन्दोलनमा पनि जोडिइरनुभयो । पञ्चायतसँग लड्न नेपाली कांग्रेसले थालेको सशस्त्र क्रान्तिका लागि उहाँले भारतमै बसेर हातहतियारको जोहो पनि गर्नुभयो । त्यो बेला शैलजा नेपाली कांग्रेसको युथ लिगको अध्यक्ष पनि भइसक्नुभएको थियो । युवाहरूलाई सङ्गठित गरेर क्रान्तिमा होमिनका लागि २०२४ सालमा नेपाली कांग्रेसले बनाएको युथ लिगको उहाँ संस्थापक हुनुहुन्छ । जसले पञ्चायत विरोधी आन्दोलनलाई अझ उचाइमा पुर्‍याएको थियो । 

बिपी मात्रै नभएर सिङ्गो कोइराला पनि परिवार शैलजाको राजनीतिक विश्वविद्यालय नै थियो । आफूलाई नृत्यङ्गना बनाउने सपना देख्नुभएकी शैलजा एक योद्धा बनेर आफूलाई खारिरहनुभएको थियो । यो एउटा त्यस्तो विश्वविद्यालय बन्यो, जहाँ शैलजाहरूले आफ्ना निजी सपना र जिन्दगीका लक्ष्यहरूलाई मात्रै प्रजातन्त्रको लडाइँमा केन्द्रित गरे र जीवनभरि आफ्नो निजी जिन्दगी बाँच्नै सकेनन् । जति बाँचे ती सब समय देशको प्रजातन्त्र अनि जनताको समृद्धिका लागि सुम्पिदिए ।

वि.सं २०३३ मा ‘मेलमिलाप’को नीति लिएर भारतबाट फर्किने बेला बिपीसँग शैलजा पनि साथै हुनुहुन्थ्यो । नेपाल आउनासाथ उहाँहरू फेरि गिरफ्तारीमा पर्नुभयो । पञ्चायतको त्यो अन्तिम दशकसम्म आइपुग्दा प्रजातन्त्रको लडाइँमा बिपी र शैलजाहरू मात्रै थिइनन्, बरु उनीहरूजस्ता धेरै योद्धाहरू जन्मिसकेका थिए । २०४६ सालको अन्तिम क्रान्ति त्यसकै परिणाम थियो । जहाँबाट नेपालमा फेरि प्रजातन्त्र उदायो । 

प्रजातन्त्रको त्यो दियोलाई त्यसपछिको कलुषित राजनीतिले भने चाँडै नै धिपधिपे बनाइदियो । प्रजातन्त्र बलियो हुन त्यसमा नागरिकको सन्तुष्टिको भाव पनि मिसिएको हुनुपर्छ । सत्तामा पुगेकाहरूले आफूलाई ‘शासक’ मात्रै ठान्ने हो भने प्रजातन्त्रको त्यो दियो त्यत्तिकै निभ्न थाल्छ । त्यसका प्रकाशहरू राजनीतिको त्यही अँध्यारो विलीन हुन्छ । 

कतिपय सत्यले आफैंलाई पोल्दारैछन्, शैलजाले त्यही भोग्नुभयो । छानबिन हुनु त परैको कुरा उल्टो उहाँकै आलोचना हुन थाल्यो । गिरिजाप्रसाद कोइराला आफैँ प्रधानमन्त्री हुनुहुन्थ्यो र पार्टी सभापति पनि । तर पार्टीभित्र र बाहिर अनि सरकारमै समेत शैलजाको खुब आलोचना भयो । प्रतिपक्षले संसद्मा एउटा अर्को मसला पायो ।

वि.सं २०४८ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । त्यो मन्त्रिपरिषद्मा शैलजा कृषिमन्त्री हुनुभएको थियो । कृषिप्रधान देश भनिए पनि नेपाली किसानले खेतबारी जोत्ने र उब्जनीका लागि जहिल्यै सङ्घर्ष गर्नुपर्‍यो । त्यो बेला पनि किसानका खेतबारीमा मल पुर्‍याउन उत्तिकै सकस थियो अहिले पनि त्यस्तै छ । उहाँ चाहनुहुन्थ्यो किसानले समयमै मल बिउ पाउन् । साउन लागिसक्दासम्म पनि रोपाइँ गर्ने किसानको खेतमा मल पुगेको थिएन । भनौँ न नेपालमै मल थिएन । सरकारका गोदाम रित्ता थिए तर मल ल्याउने संयन्त्र सुस्त थियो । शैलजा चाँडै मल भित्रियोस् भन्ने चाहनुहुन्थ्यो । तर सिंहदरबारमा बेरिएको कर्मचारीतन्त्रको जालोमा उहाँ यसरी बेरिनुभयो कि मल ल्याउने संयन्त्रसँग पुग्दा झन् अर्को भयङ्कर जालो देख्नुभयो । त्यो भनेको कमिसनको जालो थियो । कर्मचारीदेखि व्यापारीसम्ममै फैलिएको त्यही कमिसनको जालो थियो, जसले किसानका खेतबारीमा समयमै मल पुर्‍याउन रोकिरहेको थियो । नेपालमा रासायनिक मल अहिले पनि तेस्रो मुलुकबाट आउँछ । 

६ साउन २०४९ मा बसेको प्रतिनिधिसभाको बैठकमा कृषिमन्त्री शैलजाले भन्नुभएको थियो, ‘कृषि मन्त्रालयमा कमिसनखोरहरूको जालो छ ।’ उहाँ चाहनुहुन्थ्यो कि यो विषयमा संसदले सरकारलाई आदेश गरोस् अनि मन्त्रालयमा किसानको हकअधिकार रोकिराखेको त्यो जालो तोड्न छानबिन होस् । कतिपय सत्यले आफैंलाई पोल्दारैछन्, शैलजाले त्यही भोग्नुभयो । छानबिन हुनु त परैको कुरा उल्टो उहाँकै आलोचना हुन थाल्यो । गिरिजाप्रसाद कोइराला आफैँ प्रधानमन्त्री हुनुहुन्थ्यो र पार्टी सभापति पनि । तर पार्टीभित्र र बाहिर अनि सरकारमै समेत शैलजाको खुब आलोचना भयो । प्रतिपक्षले संसद्मा एउटा अर्को मसला पायो ।

खासमा भ्रष्टाचार रोक्नका लागि उहाँले त्यसो भन्नुभएको थियो । अझ अर्को हृदयदेखि नै शैलजा चाहनुहुन्थ्यो कि कोइरालाको विरासतले नेतृत्व गरेको सरकारमाथि भ्रष्टाचारको दाग नलागोस् । एउटा अग्लो, सग्लो अनि सङ्लो राजनीतिको इतिहास बनाएको पार्टीमाथि उहाँले त्यस्तो धब्बा कदापि लाग्न दिनुभएन । तर, आफ्नैहरूको व्यूहमा शैलजा पर्नुभयो । तथापि, उहाँले त्यो अभिव्यक्ति फिर्ता लिनुभएन । ‘भ्रष्टाचारी’हरूसँग झुक्नुभएन । बरु उहाँले मन्त्री पदबाटै राजीनामा दिनुभयो । आफैंले सम्हालेको मन्त्रालयमा फैलिएको भ्रष्टाचारको जालो हटाउन खोज्दा एउटा इमान्दार मन्त्रीले राजीनामा दिनुपर्‍यो । नेपालको इतिहासमा यस्ता विरलै घटना छन् । 

शैलजाले बाँचेको त्यो समय प्रजातन्त्र अनि निरङ्कुशतन्त्रबीचको लडाइँमा गुज्रिएको समय थियो । खोसिएको अधिकारका लागि जनतालाई जगाउने अनि अधिकारका लागि लड्ने समय थियो । साँच्चिकै भन्नुपर्दा प्रजातन्त्रको लडाइँ चर्किएको त्यो युग शैलजा जस्ता क्रान्तिकारी योद्धाहरूले बाँचेको युग थियो । जति बाँच्नुभयो शैलजा देश र प्रजातन्त्रका लागि खाँतिर बाँच्नुभयो, आफ्नो निजी जीवन छोडेर बाँच्नुभयो ।

राजनीतिक जीवनको यो घटनाबाट अलिकति विक्षिप्त भएकी शैलजालाई २०५५ सालमा फेरि अर्को मौका जुर्‍यो । यसपालि उहाँ जलस्रोतमन्त्री मात्रै होइन, सरकारको ‘उपप्रधानमन्त्री’ पनि बन्नुभयो । नेपालको राजनीतिक इतिहासमा एउटी महिला उपप्रधानमन्त्री बनेको यो पहिलो थियो । यो एउटा त्यस्तो समय थियो जतिबेला नेपालका आम महिलाहरूमा राजनीतिक चेतनाको कमी थियो । अझ विश्वका कतिपय त्यस्ता देशहरू थिए, जहाँ महिलालाई मतदातको अधिकार नै थिएन । अहिले पनि त्यस्ता देशहरू थुप्रै छन्, जहाँ भर्खर मात्रै महिलाको मताधिकार अर्थात् राजनीतिक अधिकारको बारेमा बहसहरू हुन थालेका छन् र महिला जाग्न थालेका छन् । यो कार्यकालमा नेपालको जलस्रोतको उपयोग र प्रयोगका बारेमा थुप्रै नयाँ प्रयास थालिए । धेरै जलविद्युत् आयोजनाको सुरुआत शैलजाकै मन्त्रीत्वकालमा भएको थियो ।  

शैलजाले बाँचेको त्यो समय प्रजातन्त्र अनि निरङ्कुशतन्त्रबीचको लडाइँमा गुज्रिएको समय थियो । खोसिएको अधिकारका लागि जनतालाई जगाउने अनि अधिकारका लागि लड्ने समय थियो । साँच्चिकै भन्नुपर्दा प्रजातन्त्रको लडाइँ चर्किएको त्यो युग शैलजा जस्ता क्रान्तिकारी योद्धाहरूले बाँचेको युग थियो । जति बाँच्नुभयो शैलजा देश र प्रजातन्त्रका लागि खाँतिर बाँच्नुभयो, आफ्नो निजी जीवन छोडेर बाँच्नुभयो । आम नागरिकको समृद्धिको सपना साँचेर बस्नुभयो, आफ्ना सपनाहरू भुलेर बाँच्नुभयो ।  

आफ्नैबाट चिथोरिएकी शैलजाले राजनीतिक यात्रामा त्यस्ता धेरै मोडमा आफूलाई धेरै सम्हालेर हिँड्नुभएको थियो । उहाँ जीवनको उत्तरार्द्धमा राजनीतिबाट अलि टाढा हुनुभयो । तथापि उहाँको राजनीतिक योगदानलाई नेपाली राजनीति कहिल्यै भुल्न सक्दैन । भुल्न पनि मिल्दैन । अन्तिम अवस्थामा रोगब्याधीसँग पनि लडिरहेकी शैलजाको २९ जेठ २०६६ मा निधन भयो । शैलजाको त्यो अग्लो राजनीतिक कदलाई हामीले कहिल्यै होचिन नदिऔँ । हार्दिक श्रद्धासुमन ।

 

  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार १३:३६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया