नेपालको न्यायपालिकाका धरोहर वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको ९८औँ जन्मदिन आज विशेष कार्यक्रमका बीच मनाइयो । लेखन कुञ्जद्वारा आयोजित कार्यक्रममा स्वागत मन्तव्य दिँदै कुञ्जका अध्यक्ष कमल ढकालले भने, ‘लेखन कुञ्जले विभिन्न व्यक्तित्वहरूको जन्मदिन मनाउँदै आइरहेको छ । आज वरिष्ठ अधिवक्ता भण्डारीज्यूको जन्मदिन मनाउन पाउँदा हामी खुसी छौँ ।’
कार्यक्रममा पूर्वसरकारी सचिव डा. द्वारिकानाथ ढुंगेल, कृषिवैज्ञानिक डा. केशवचन्द्र शर्मा, वरिष्ठ अधिवक्ता हरि उप्रेती, कानुन संकायका पूर्वडिन प्रा.डा. अमरप्रसाद पन्त, रत्न पुस्तकालयका अध्यक्ष शशि राणा, प्राध्यापक रमा खरेल, गजलकार शीतल कादिम्बिनीलगायत कानुन व्यवसायी र पाकाको चौतारीका पदाधिकारीहरू उक्त समारोहमा उपस्थित थिए ।
९८ वर्षको उमेरमा पुग्नु नै एक महान् उपलब्धि रहेको बताउँदै कार्यक्रममा भण्डारीको जीवनभर कानुनको शासन र मानव अधिकारको संरक्षणका लागि गरिएको अथक प्रयासको प्रशंसा गरियो । कार्यक्रममा शुभकामना दिने वक्ताहरुले उनलाई ‘कानुन वाङ्मय शताब्दी पुरुष र वकिलहरूका पनि वकिल’ भनेर सम्बोधन गरेएका थिए ।
उक्त कार्यक्रमको सहजीकरण सिर्जना शर्माले गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।