कुनै समय मसँग किताब किन्ने पैसा पनि हुँदैनथ्याे: अक्षय कुमार

केही पहिले फाेर्ब्स म्यागजिनले विश्वमा सबैभन्दा धेरै कमाउने अभिनेता तथा अभिनेत्रीकाे सूची सार्वजनिक गरेकाे थियाे ।

त्याे सुचीमा  भारतीय अभिनेता शाहरुख खान, सलमान खान र अक्षय कुमार पनि परेका थिए ।

याे सुचीमा परेपछि अभिनेता अक्षय कुमारले अाफ्नाे सफलताबारे विभिन्न मिडियामा बाेलेका छन् । उनले भनेका छन्- मैले कहिल्यै साेचेकाे थिइनँ, मेराे जीवनमा पनि यस्ताे दिन अाउला । मेराे नाम कुनै सुचीमा समावेश हाेला । किनकि मलाई अाज पनि त्याे दिन याद छ जहिले म एक्टिङ स्कुलका लागि पुराना किताब किन्न पनि सक्दिनथेँ ।

याे सुचीमा अक्षय कुमार ८० अाैं स्थानमा छन् । उनले सन् २०१७ मा ३५.५ मिलियन डलर (३ अर्ब ५९ कराेड नेपाली रुपैयाँ ) कमाएकाे फाेर्ब्सले जनाएकाे छ । अक्षयले याे सुचीमा परेकाले अाफू खुसी भएकाे बताएका छन् ।

उनले भनेका छन्- मलाई अहिले पनि त्याे दिन याद अाउँछ जुन दिन म मुम्बइमा अभिनय सिक्न चाहन्थेँ तर मसँग फी तिर्ने पैसा पनि थिएन । उनले थपेका छन्- त्यसैले मैले एउटा किताब खाेजेँ: हाउ टु लर्न एक्टिङ । मैले त्याे किताब पनि भेटेँ चर्चगेट स्टेसनबाहिर । तर, किताबलाई ११८ रुपैयाँ पर्दाे रहेछ र मेराे खल्तीमा ७२ रुपैयाँमात्र थियाे ।

'मलाई त्याे किताब किन्न नसक्दा अत्यन्त अफसाेस भएकाे थियाे तर त्याे किताबकाे दाेस्राे पानामा लेखेकाे कुरा मलाई निकै मन पर्याे,' अक्षयले भनेका छन्, 'त्यसमा एउटा राम्राे अभिनेता बन्न राम्राे व्यक्ति बन्न पनि अावश्यक भएकाे कुरा लेखिएकाे थियाे । पछि मैले त्याे किताब खाेज्दा पनि भेटिनँ ।'





  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार २३:३१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया