मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आजको प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् ।
प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाका अनुसार नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
१५ जेठमा नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएकोमा यो वर्ष मधेश प्रदेशमा १४ दिन ढिलो भएको हो । संघीय सत्ता समीकरणका कारण प्रदेश सरकार नयाँ प्रदेश सरकार गठनमा भएको ढिलाइले नीति कार्यक्रम प्रभावित भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।