वैवाहिक बलात्कार मुद्दामा दोषी ठहर भएका पूर्वन्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतले पीडितलाई तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।
गिरीकी श्रीमती आरती रावलले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै कपिलवस्तु प्रहरीमा उजुरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा निजविरुद्ध प्रहरीमा जाहेरी परेपछि निलम्बन गरी उनलाई थुनामा राखिएको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा भुसालको इजलासले आज पूर्वजिल्ला न्यायाधीश गिरीलाई जबरजस्ती करणीमा मुद्दामा सात वर्ष कैद र तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।
यसअघि न्यायाधीश भुसालकै इजलासले यही जेठ १३ गते पूर्वन्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो। आज अदालतले सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो।
गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशपछि फरार रहेका उनी वैशाख ३ गते काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए। त्यसयता उनी डिल्लीबजार कारागारमा छन्।
पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्चमा बहस चल्दाचल्दै विष सेवन गरिन्
वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।