टुटलले सरकारलाई ३ कराेडभन्दा बढी कर बुझाउनुपर्ने

 काठमाडाैं– टुटल कम्पनीले सरकारलाई साढे ३ करोड रूपैयाँ कर बुझाउनुपर्ने भएको छ।

कम्पनी सञ्चालन गरेदेखिको भ्याट, आयकर, जरीवाना आदि गरी टुटलले करिब साढे ३ करोड तिर्नुपर्ने आन्तरिक राजस्व विभाग ललितपुरले जानकारी दिएकाे छ ।

टुटलले कर भन्दै यात्रुसँग पैसा उठाएपनि सरकारलाई भने नतिरेकाे विभागले जनाएकाे छ। 

त्यस्तै अर्को राइड सेयरिङ कम्पनी पठाओको पनि अनुसन्धान भइरहेको ललितपुर कर कार्यालयले जानकारी दिएको छ। 

भाडामा यात्रु बाेक्ने निजी सवारी साधनका कम्पनी पछिल्लाे समय टुटल, पठाओ लाेकप्रिय बन्दै गएका छन् । टुटल एप्स १ लाखभन्दा धेरै डाउनलोड भइसकेको छ।





  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार ८:०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया