logo-img

नेपाल भर्सेस श्रीलंका : वर्षा रोकियो, मैदान तयार गरिँदै

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपको समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेलको टस हुन ढिलाइ भएको छ । वर्षाका कारण निर्धारित समयमा टस हुन नसकेको हो । 

यद्यपि यो समाचार तयार पार्दासम्म पानी रोकिएको छ । र, अहिले मैदानको कभरमाथि रहेको पानी हटाउने काम भइरहेको छ ।

निर्धारित समयअनुसार बिहान ४ः४५ मा टस हुनुपर्ने थियो । यदि अब पानी परेन र खेल भयो भने ओभर घट्नेछ । जारी विश्वकपमा नेपाल र श्रीलंका पहिलो जितको खोजीमा छ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सँग ६ विकेटको पराजय बेहोरेको थियो । यस्तै, श्रीलंका पहिलो र दोस्रो खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भयो । 
 
 





  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया