logo-img

विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडालाई ७ विकेटले हरायो

आइसिसी टी–२० विश्वकप क्रिकेट २०२४ मा पाकिस्तानले पहिलो जित निकालेको छ । मंगलबार राति सम्पन्न खेलमा क्यानडालाई ७ विकेटले हराउँदै पाकिस्तानले तेस्रो खेलमा पहिलो जित निकालेको हो ।

ऊ पहिलो र दोस्रो खेलमा क्रमशः अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानडाको यो तेस्रो खेलमा दोस्रो हार हो । उसले अमेरिकासँग पराजय बेहोर्दा आयरल्याण्डविरुद्ध जित निकालेको थियो ।

तेस्रो खेलमा क्यानडाले दिएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा तीन विकेटको नोक्सानीमा पूरा गर्‍यो । उसका लागि मोहम्मद रिजवानले नटआउट अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले दुई चौका र एक छक्काको मद्दतमा अविजित ५३ रनको पारी खेलेका हुन् । 

यस्तै, कप्तान बाबर आजमले ३३ रन जोडे । क्यानडाका लागि डिलोन हेलिंगरले दुई तथा जिरेमी गोर्डनले एक विकेट लिए । त्यसअघि अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६ रन बनायो ।

उसका लागि आरोन जोन्सनले ४४ बलमा समान चार छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाए । यस्तै, कलीम सानाले नटआउट १३ र साद विन जाफरले १० रन जोडे । 

पाकिस्तानका लागि मोहम्मद आमिरले दुई, हरिस रौफले दुई तथा शाहिन शाह अफ्रिदी र नसीम शाहले एक/एक विकेट लिए ।  यो जितपछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना जीवितै रहेको छ ।



जारी विश्वकपमा आज बिहान हुने भनिएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । योसँगै दुवै टिमले एक/एक अंक बाँडेका छन् ।  



  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया