logo-img

रैथाने बालीको संरक्षण गर्न बिउ बैंक स्थापना

मुगुको छायानाथ रारा नगरपालिकामा रैथाने बालीको संरक्षण गर्न सामुदायिक बिउ बैंक सञ्चालन गरिएको छ । 

रारा सामुदायिक बिउ बैंकले रैथाने बालीको बिउ संरक्षण गर्दै आएको छ । संघसंस्थाहरूको सहयोग र सहकार्यमा नगरपालिकाले समुदायस्तरमै बिउ बैंक स्थापना गरी संरक्षणको व्यवस्था गरेको हो । 

वडा नं. ५ ढुममा ०७७ सालमा स्थापना भएको बिउ बैंकमा हाल नगरपालिकाका सबै वडाका बासिन्दा सदस्य छन् । बैंकमा धान, मार्सी, कागुनो, जौँ, फापर, कोदो, भटमास, उवा, चिनो, सिमी, मास, मुसुरो लगायत अन्य अन्नबाली, टिमुर, खुर्सानी, धुनियाँ, अदुवा, जिरा, लसुन, प्याज, बन्दा, गाँजर, मुला लगायत मसला र तरकारी बालीहरूको संरक्षण गरिएको अध्यक्ष कालीबहादुर रोकायाले बताए ।

‘गाउँ–गाउँमा विदेशी उत्पादनले पकड पायो । मान्छेहरूले पनि कुन रैथाने, कुन विदेशी छुट्याउन सक्ने अवस्था भएन,’ उनले भने, ‘किसानलाई आवश्यक पर्दा रैथाने बाली लगाउन र बिउ रोप्न सहज होस् भन्ने हेतुले हामीले रैथाने बाली संरक्षण गरेका छौँ ।’

अहिले नगर क्षेत्रमा उत्पादित स्थानीय उत्पादनको बजारीकरणका लागि कोसेली घरको समेत स्थापना गरिएको छ । 





  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया