आज हनुमान जयन्ती

काठमाडाैं– आज चैत्र शुक्ल पुर्णिमा अर्थात् हनुमान जयन्ती। यसअवसरमा काठमाडौंको बालाजु २२ धारामा विशेष मेला लाग्ने गर्दछ । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ ।

आजका दिन बालाजु बाइस धाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

चैत महिनाको पूर्णिमाका दिन स्त्री-पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र तुल्याउने र यस दिन घरघरमा लक्ष्मी-नारायणलाई प्रसन्न पार्न व्रत बस्ने र सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन पनि रहेको छ । 

शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ ।

हनुमान परमेश्वरको भक्तिको सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र संस्कृत महाकाव्य रामायणमा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन । उनलाई बजरंग बली पनि भनिन्छ । पवन देव (हावाको देवता)ले हनुमानको पालन-पोषणमा गरेकाले हनुमानलाई पवनपुत्र पनि भनिन्छ । 

हनुमानको शुभर्चला देवीसँग बिहे भएको थियो र उनीबाट मकरध्वज नाम गरेका पुत्र पनि जन्मिएका थिए । 



धर्मशास्त्रका अनुसार वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ ।

उनको पूजा र उपासना गरेमा रोग व्याधि शत्रु बाधा, राजा भय, प्राकृतिक शक्ति, पिचासी शक्ति, भूत, बोक्सी, बतास, खोला, आगो, राक्षसी शक्ति प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने धारणा आज पनि विश्वास गर्ने गरिन्छ ।



  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार १०:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया