logo-img

पृथ्वीसुब्बा गुरुङको प्रश्न- सेनालाई व्यापार गर्न दिनु कत्तिको जायज हो ?

नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्त्वाकांक्षा बढ्न दिनु नहुने बताएका छन् । उनले नेपाली सेनाको महत्त्वाकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताए ।

सांसद गुरुङले नेपाली सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो भन्दै प्रश्नसमेत गरे । उनले नेपाली सेनालाई अझै आधुनिकीकरण, सक्षम र लोकतान्त्रिकरण गर्नुपर्ने बताए ।  

‘हामी सेनालाई व्यापार गर्न दिन्छौं, ठेक्कापट्टा गर्न दिन्छौं । सुरक्षा र संवेदनशीलताको हिसाबले यो कत्तिको जायज हो ? आज कुनै नेताले यो कुरा मुख खोल्न सक्दैन होला । हामीले सोच्नुपर्छ, त्यो चिज धेरै महत्त्वाकांक्षी बन्यो भने त्यसले हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि विभिन्न देशको घटना हेर्दाखेरी त्यस्तो महत्त्वाकांक्षा बढ्दा के हुन्छ ? हामीले देखेको छौँ नि । त्यहाँभित्रका धेरै कुरा लोकतान्त्रिकरण हुन सकेका छैनन् । मलाई लाग्छ त्यहाँ गणतन्त्र आएको छैन,’ सांसद गुरुङले बुधबारको प्रतिनिधिसभा बैठकमा भने । 

यस्तै, उनले सबै मन्त्रालयका बजेट परम्परावादी भएको पनि टिप्पणी गरे ।  





  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया