logo-img

बाबुराम भट्टराईलाई प्रभु साहको सुझाव- विगतको गल्ती सच्याउनुहोस्, दुईअर्थी कुरा नगर्नुहोस्

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई विगतका गल्तीबाट पाठ सिकेर त्यसलाई सच्चाउन तत्पर हुन सुझाव दिएका छन् । 

बुधबार काठमाडौंमा नेसपाको स्थापना दिवस कार्यक्रममा अध्यक्ष साहले अझै पनि समाजको आवश्यकतालाई पूरा गर्न सक्ने सम्भावना भएका नेता डा. भट्टराई भएको उल्लेख गर्दै उनले गल्ती सच्चाउन तत्पर हुनुपर्ने बताए ।

साहले संघीयताबारे भट्टराईले व्यवस्था राम्रो भएको तर शासकका कारण देश र जनताको अवस्था खराब बनेको भन्ने दुईअर्थी कुरा नगरेर स्पष्ट रुपमा बोल्न सक्नुपर्ने बताए । यस्तै, साहले आफ्नो एजेण्डा भ्रम छर्ने गरी भन्दा पनि प्रष्टसँग राखेर अगाडि बढ्नुपर्ने बताए ।

‘तपाईंले राष्ट्रियता जनतन्त्र, जनजिवीकाको कुरा उठाउनुभयो । आज राष्ट्रियताको स्थिति के छ, जनतन्त्र र जनजिवीकाको स्थिति के छ ? तपाईंले निधक्क भएर भन्न सक्नुपर्छ । चपाएर कुरा गरेर जनतालाई ढाँटेको जस्तो भैरहेको छ । जे छ त्यही प्रष्ट रुपमा भन्नुभयोभने गाडि अगाडी गुड्छ, त्यसलाई चपाउन थाल्नुभयो भने अबरोध हुन्छ’ उनले भने, ‘डा. बाबुराम भट्टराई भनेको एउटा सम्भावना बोकेको व्यक्तित्व हो । उहाँ अझै पनि समाजको आवश्यकतालाई पूरा गर्न योग्य व्यक्ति हुनुहुन्छ । आफ्नो गल्तीहरुलाई सुधार गर्न आफू तत्पर हुनुहोस् ।’ 





  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया