logo-img

न्यूजिल्याण्डसँग आयोजक वेस्ट इण्डिजको खराब ब्याटिङ, ३० रन जोड्दा गुमायो ५ विकेट

आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत न्यूजिल्याण्डविरुद्ध आयोजक वेस्ट इण्डिजले निकै खराब सुरुवात गरेको छ ।

ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले ७ ओभरमा ३२ रन मात्र जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको छ । उसले ३० रन मात्र जोड्दा पाँचौं विकेट गुमायो ।

उसले पाँचौं विकेटको रूपमा ओपनर ब्रेण्डन किंगलाई गुमायो । उनी जेम्स नीशमको बलमा ९ रनमा विकेटकिपरको हातबाट क्याच आउट भए । 

वेस्ट इण्डिजले चौथो विकेटको रूपमा कप्तान रोभम्यान पावेललाई एक रनमै गुमायो । यस्तै, रोस्टन चेस र जोनसन चार्ल्स शून्य र निकोलस पूरन १७ रनमा पवेलियन फर्किए ।

समूह ‘सी’ मा रहेको वेस्ट इण्डिजले दुई खेलबाट दुई अंक जोडेको छ । उसले पहिलो र दोस्रो खेलमा क्रमशः पपुवा न्यूगिनी (पिएनजी) र युगान्डालाई हराएको थियो । वेस्ट इण्डिज अहिले चार अंकसहित दोस्रो स्थानमा छ ।

अंकविहीन न्यूजिल्याण्ड पुछारमा छ । ऊ पहिलो जितको खोजीमा छ । न्यूजिल्याण्डले पहिलो खेलमा अफगानिस्तानसँग ८४ रनको फराकिलो हार बेहोरेको थियो । 





  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया