logo-img

अमेरिकाको फ्लोरिडामा भारी वर्षा, नेपाली टिम वेस्ट इण्डिज जान पाएन
तस्बिर : क्यान

आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्ट इण्डिज जानु पर्नेमा खराब मौसमका कारण अमेरिकामै रोकिएको छ । अहिले पनि फ्लोरिडाको मौसम अत्यन्त खराब रहेकाले अधिकांश हवाई उडान रद्द भएका छन् ।

मंगलबारदेखिको झरी बुधबार पनि कायम रह्यो । बिहीबार पनि मौसम खराब हुने भन्दै त्यहाँको राष्ट्रिय मौसम विभागले एलर्ट (सूचना) जारी गरेको छ । जसकारण फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय एयरपोर्ट र मायमी अन्तर्राष्ट्रिय एयरपोर्टका नियमित उडान प्रभावित भएका हुन् ।

मौसम विभागले बाढीको जोखिम रहेको भन्दै घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ । फ्लोरिडामा मंगलबार हुने भनिएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका करण रद्द भएको थियो । र, दुवै टिमले अंक बाँडेका थिए ।

नेपालले अब वेस्ट इण्डिजमा दक्षिण अफ्रिका र बंगलादेश​सँग खेल्नेछ । वेस्ट इण्डिजमा पूर्वकप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने नेपाली टोलीलाई पर्खिएका छन् । अमेरिका जान नपाएका उनले वेस्ट इण्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेल्ने छन् ।

नेपालले १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरेको थियो । नेपाल अहिले एक अंकसहित तालिकाको चौथो स्थानमा छ । 





  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया