कोपा अमेरिकाको तयारीमा रहेका अमेरिका र ब्राजिलले बराबरी खेलेका छन् । आज भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका हुन् ।
फ्लोरिडाको ओलान्डो स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलले १७ औं मिनेटमा अग्रता लिएको थियो । राफिनाको पासमा रोड्रिगोले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २६ औं मिनेटमा मिडफिल्डर क्रिष्टियन पुलिसीको गोलमा अमेरिकाले बराबरी गरेको थियो ।
त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा मैत्रीपूर्ण खेल बराबरीमै टुंगियो । कोपा अमेरिका २१ जुनदेखि सुरु हुँदै छ । समूह ‘ए’ मा रहेको अमेरिकाले २४ जुनमा बोलेभियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दा समूह ‘डी’ मा रहेको ब्राजिलले पहिलो खेल २५ जुनमा कोस्टारिकासँग खेल्नेछ ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले पहिलो खेल २१ जुनमा खेल्ने तालिका छ । उसले सन् २०२१ को फाइनलमा ब्राजिललाई हराउँदै कोपाको उपाधि जितेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।