भाषण गर्दा गर्दै हार्दिक पटेललाई थप्पड !

दिल्ली– कांग्रेस नेता हार्दिक पटेल शुक्रबार गुजरातस्थित सुरेन्द्रनगरको चुनावी जनसभालाई सम्बोधन गरिरहेका थिए । यसैक्रममा एक अपरिचित व्यक्ति मञ्चमा आए र हार्दिक पटेललाई थप्पड हाने । हार्दिकका समर्थकले थप्पड हान्ने व्यक्तिलाई पक्रेर पिट्न थाले । प्रहरीले ती युवकलाई भीडबाट बचाएर हिरासतमा लियो । यो घटनापछि हार्दिकले भने ‘भाजपाले ममाथि आक्रमण गरिरहेको छ । उनीहरु मलाई मार्न चाहन्छन्, तर म चुप लागेर बस्दिनँ ।’

पटेललाई थप्पड हान्ने व्यक्ति तरुण गज्जर रहेको बताइएको छ । तरुण गुजरातको महेसाणा जिल्लाको जेसलपुरका बासिन्दा हुन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । 

थप्पड हान्ने व्यक्तिले आन्दोलनको क्रममा मृत्यु भएका १४ युवकको हत्या गरेकाे जिम्मा हार्दिक पटेलले लिनुपर्ने बताएका थिए । तरुणले हार्दिकलाई थप्पड हानेपछि राहुल गान्धीकाे समेत विराेध गरेकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

योभन्दा अगाडि बिहीबार भाजपा कार्यालयमा पार्टी प्रवक्ता जिविएल नरसिम्हा रावमाथि प्रेस कन्फ्रेन्सको क्रममा एक व्यक्तिले जुत्ता प्रहार गरेका थिए । भाजपा कार्यालयमा भएको यो पहिलो घटना थियो । 
 






  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार १३:१८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया