आठाैं राष्ट्रिय खेलकुद: महिला फुटबलमा पुलिस क्लब विजयी

काठमाडाैं– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान घाेराहीमा भएको महिला फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

खेलमा प्रदेश ५ लाई ६–० काे गाेलअन्तरले हराउँदै पुलिस क्लब विजयी भएको हो ।

पुलिसकाे तर्फबाट निरु थापाले ह्याटि्रक गरिन् । उनले पहिलो हाफको ९ औं मिनेट तथा दोस्रो हाफको १३ र ३८ औं मिनेटमा गोल गरेकी थिइन् ।

त्यस्तै अमृता जैशीले दोस्रो हाफको २८ र २९ औं मिनेटमा लगातार दुई गोल गरिन् भने निर्मला बिकले पहिलो हाफको २४ औं मिनेटमा गोल गरिन् ।

प्रदेश २ र ३ बीच आज बेलुका खेल हुने भएको छ ।





  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार १३:३०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया