logo-img

कांग्रेसले गिरिबन्धु टी–स्टेटबारे ‘स्यालहुँइया’ मच्चायाे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गिरिबन्धु टी–स्टेटका बारेमा गलत प्रचार गरेर ‘स्यालहुँइया’ मच्चाइरहेकाे आरोप लगाएका छन्।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा विकास हुन नदिन कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको बताए। उनले राम्रा काम गर्न नदिन अनर्गल प्रचार गरिरहेको बताए। 

पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी छ भन्नेहरु कता गए ? भन्दै उनले अहिले गिरिबन्धु टि–स्टेटका नाममा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको बताए। 

वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको आरोप लगाउँदै उनले कानुन, नियमविना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टी–स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराएकाे आरोप लगाए।

अध्यक्ष ओलीले एमालेभित्र फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको तर एकताका लागि ठाउँ रहेको बताए।

याे पनि ...



रविपछि कांग्रेसको नजर अब ओलीतर्फ : गिरिबन्धु टि–स्टेटबारे सर्वोच्चको फैसला कार्यान्वयन गर्न गगनको माग

गिरिबन्धु टी–इस्टेटबारे ओलीको प्रतिक्रिया : बालेनलाई सोध्नुस्



राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडाको माग : गिरिबन्धु टी स्टेटबारे तत्काल छानबिन गरौँ

गिरीबन्धु टि–इस्टेट : जग्गा साटफेर गर्न दिने ओली सरकारको निर्णय सर्वथा अनुचित (पूर्णपाठ)

गिरीबन्धु टी स्टेट प्रकरणबारे केपी ओली : छानबिन नै जरुरी छैन, मन लागे गरे हुन्छ

देउवाको दाबी- गिरीबन्धु टी-स्टेटको जग्गा ओलीकै पालामा बिक्री भएको हो

सहकारीमा ओलीले रविलाई, गिरीबन्धुमा रविले ओलीलाई बचाउने सहमति छ : विश्वप्रकाश

गिरीबन्धु टीइस्टेट घोटालाको छानबिन गर्न राप्रपाकाे माग

ओलीलाई बालेनको अनुरोध : अर्को काण्ड गरेर जनतालाई नझुक्याउनु होला, जेल जानुपर्ला

 

  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया