logo-img

मन्त्रिपरिषद् पुनर्गठनबारे आफूसँग सल्लाह नगरेकाेमा माधव नेपालकाे असन्तुष्टि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजाने विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले यसबारे जिज्ञासा रखाेका थिए ।जवाफमा नेपालले साेबारे आफूलाई कुनै जानकारी नदिइएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर यसबारे सोध्ने उनले बताए ।



प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गर्दै आएका छन् ।दाहालले दुवै आफूलाई जानकारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘मलाई थाहा छैन । आज भेट हुँदाखेरी सोधौँला,' अध्यक्ष नेपालले भने, 'सांसदहरुको संसदप्रति रुचि कम भएको होला ।’





  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया