गर्मीमा कालो नुन अर्थात् विरे नुन हुन्छ फाइदा

एजेन्सी– गर्मी मौसम सुरु भइसकेको छ । गर्मी सुरु भएसँगै हामीमा विभिन्न समस्या निम्तिन सक्छन् । कतिलाई त गर्मीमा पेटको समस्या देखिन्छ, कतिलाई अपच हुन्छ, छाती दुख्छ र पेटमा ग्यास भरिने समस्या पनि निम्तिन्छ । 

यस्तो समयमा पाचन प्रणालीलाई सक्रिय राख्नु पर्छ । र, त्यसका लागि कालो नुन, जसलाई हामी विरे नुन भनेर चिन्छौँ, को प्रयोग फाइदाजनक हुनसक्छ । कालो नुनको प्रयोग पाचन सहायकका लागि गरिन्छ । प्रत्येक दिन विहान खाली पेटमा १ गिलास पानीमा अलिकति कालो नुन मिलाएर पिउनाले पेटको समस्या मात्र नभई अन्य विभिन्न समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । 

जसलाई पेटमा ग्यास भरिने समस्या छ, त्यसले कालो नुन पानीमा मिसाएर खानु अमृत समान हुन्छ । पेटमा ग्यास भरिने समस्याबाट छुट्करा पाउन एउटा भाँडोमा पानी हालेर कालो नुन मिसाएर तताउनु पर्छ । तताउँदा जब त्यसको रङ्ग परिवर्तन हुन्छ तब एक छिनपछि त्यो १ गिलास पानी पिउँदा पेटमा ग्यास भरिने समस्या हराउँछ । 

कालो नुन मिसिएको पानीले मुखमा र्याल ग्रन्थीलाई सक्रिय बनाउन पनि सहयोग गर्छ । पेटभित्र प्राकृतिक नुन, हाइड्रोक्लोरिक एसिड र प्रोटिनलाई पचाउन सक्ने एन्जाइमलाई उत्तेजित गर्न कालो नुनले सहयोग गर्छ । जसले खाना सजिलै पच्ने गर्छ । यसका साथै यो क्षारीय प्रकृतिको हुने भएकाले पेटमा भएको एसिडलाई काट्ने गर्छ र छातीको दुखाइ वा एसिडिटीको समस्यालाई ठीक गर्छ ।

कालो नुनमा ८० प्रकारका खनिज पाइन्छ । जसले हाम्रो स्नायु प्रणालीलाई शान्त बनाउँछ । कालो नुनमा पोटासियम हुन्छ । यसले हाम्रो मांसपेशीलाई राम्रोसँग काम गर्न सहयोग गराउँछ । त्यसैले कालो नुन खानामा सधै प्रयोग गरे फाइदाजनक हुन्छ ।





  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार १४:११:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया