टी–२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ । एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको थियो ।
बलिङतर्फ उत्कृष्ट प्रदर्शनका कारण ओमानको टोली ४७ रनमा मात्रै अलआउट भयो । जवाफमा इङ्ल्यान्डका ब्याट्सम्यानले ३.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।
इंग्ल्याण्डका लागि खेल एकतर्फी रह्यो । ओमानका सोहेव खानले ११ रन बनाउँदा अरु १० ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन् । ओमानले विश्वकप २०२४ का सबै खेल हारेको छ ।
इंग्ल्याण्डका स्पिनर आदिल रसिदले ४ विकेट लिए । मार्क वुड र जोफ्रा आर्चरले ३–३ विकेट लिए ।
४८ रनको जवाफी लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डका कप्तान जोस बटलरले २४ रन बनाए । उनले ८ बल फेस गर्दा १ छक्का र चार चौका प्रहार गरे । यसैगरी फिल साल्ट १२ रनमा आउट हुँदा ३ बल फेस गरे । उनले २ छक्का प्रहार गरे । दोस्रो विकेटको रुपमा विल ज्याक ५ रनमा पभेलियन फर्किएका थिए । कप्तान बटलरलाई जोनी वेरिस्टोले २ बलमा ८ रनकोन टआउट पारि खेल्दै साथ दिएपछि इंग्ल्याण्डले सहजै जित निकाल्न सफल भयो ।
यो जितसँगै इंग्ल्याण्डको प्लेअफको आशा बढेको छ । स्कटल्याण्डको ५ अंक छ । इंग्ल्याण्डको ३ अंक छ । इंग्ल्याण्डलाई ठूलो अन्तरले जित्न आवश्यक थियो । अब स्कटल्याण्डले अन्तिम खेलमा अष्ट्रेलियासँग पराजय भोगेमा र इंग्ल्याण्डले नामेवियालाई पराजित गरेमा सुपर एटमा पुग्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।