मदिरा नपिउनेलाई पनि हुनसक्छ कलेजोको समस्या

एजेन्सी– सामान्यतयाः रक्सी र चुरोट खानेलाई फोक्सोसम्बन्धी समस्या देखिन्छ । तर, यसको अर्थ के होइन भने मदिरा सेवन नगर्नेलाई यस्तो समइा नै हुँदैन । तर, यी समस्याबाट बच्न केही फर्मूला नभएको चाहिँ होइन । यसका लागि दैनिक खानपानमा ध्यान दिनुपर्छ, आफ्नो बानीमा सुधार गर्नुपर्छ । कहिलेकाँही रक्सी नखानेहरुको फोक्सोमा बोसो जम्मा भएको पनि हुनसक्छ । यसलाई ‘नन अल्कोहलिक फ्याटी डिजीज’ भनिन्छ । यसमा सीमित मात्राभन्दा अलि बढी बोसो जम्मा हुने गर्छ ।

‘नन अल्कोहोलिक स्टेटोहेपाटाइटिस’ कलेजोको गम्भीर रोग हो । जसले गर्दा कलेजो सुन्निने गर्छ । यसका कारणले कलेजो पूरा खराब हुन सक्छ । यो रोग लागेमा रक्सी खानेहरुको फोक्सोमा जति असर गर्छ त्यक्तिकै असर नखानेलाई पनि गर्छ ।

त्यसैले यस्तो रोग लागेको केही समयपछि लिभर सिरोसिस या लिभर फेल हुने खतरा बढ्ने गर्छ । यो रोग जुनसूकै उमेरमा मानिसमा देखिन सक्छ । तर ४० देखि ५० वर्ष उमेर समूहमा मानिसहरु यसको सिकार बन्छन् । यो रोगको सामान्यतः विशेष लक्षण देखिँदैन । यदि देखियो भने फोक्सो ठूलो भएको, थकान र पेटको दाहिनेपट्टि दुखाई भएको महसुस हुन्छ ।

लक्षण 

नन अल्कोहोलिक स्टेटोहेपेटाइटिस वा सिरोसिस भएको अवस्थामा यस्ता लक्षण देखिन्छन् ।

पेट सुन्निनु



पुरुषको छाती बढ्नु 

जन्डिस हुनु



 

बच्ने उपाय

मोटोपनाको समस्यामा भए खानपानमा नियन्त्रण गर्ने । डाक्टरको सल्लाह बमोजिम नियमित रुपमा व्यायाम गर्ने बानीको विकास बसाल्नुपर्छ ।

रक्सी, तम्बाकु, तातो वा मसालेदार खाना, प्याकिङ् खानेकुरामा रहेको केमिकल या औषधी तथा पर्यावरणलाई नोक्सान पु¥याने खाना फोक्सोको लागि राम्रो हुँदैन ।

फोक्सोलाई चिसो र सफा राख्ने खालका खानेकुराको सेवन गर्नुपर्छ ।

तीतो स्वाद भएका जडीबुटी, वा खानेकुरा जस्तै एलोवेरा, नीम, करेला , आंवला, हल्दी आदि स्वास्थ्य सुधार्नका लागि र रोगबाट बचाउन  फाइदाजनक छ ।

अलिकति बेसारलाई एक कप पानीमा केहीबेर उमालेर चिसो भएपछि यसमा एक चम्मा कागतीको रस मिलाएर पिउनाले यसबाट बच्न सकिन्छ ।

  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार १४:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया