अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ग्वाटेमालाविरुद्ध ४–१ को जित निकालेको छ । शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा लिओनल मेस्सी र लौटारो मार्टिनेजले समान २ गोल गरे ।
मेस्सीले खेलको १२औँ र ७७औँ मिनेटमा तथा मार्टिनेजले ३९औं र ६६औँ मिनेटमा गोल गरेका हुन् । लिसान्ड्रो मार्टिनेजले आत्मघाती गोल गरे ।
खेलको चौथो मिनेटमै मार्टिनेजको उपहार गोलमा ग्वाटेमालाले सुरुवाती अग्रता लियो । यद्यपि ग्वाटेमालाले उक्त अग्रता जोगाउन सकेन ।
अर्जेन्टिनाले कोपा अमेरिका ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेलेको हो । उसले कोपा अमेरिकामा पहिलो खेल २१ जुनमा क्यानडाविरुद्ध खेल्ने तालिका छ । यस्तै, उसले दोस्रो खेलमा २६ जुनमा चिली तथा ३० जुनमा पेरुको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।