बलिउड फिल्म ‘भारत’का कारण चर्चामा सलमान–क्याट्रिना

एजेन्सी– बलिउड अभिनेता सलमान खान यतिवेला रिलिज हुन लागेको फिल्म ‘भारत’का कारण चर्चामा छन् । भर्खरै यो फिल्मको पोस्टर रिलिज भएको छ । यस फिल्ममा सलमानको साथमा क्याट्रिना कैफलाई पनि देख्न पाइनेछ । क्याट्रिनाले यस फिल्ममा काम गर्नुको कारण पनि खुलाएकी छिन् । 

खबरअनुसार क्याट्रिनाले भनेकी छिन्, ‘यस फिल्मका निर्देशक अली अब्बास जफर मेरो एकदमै मिल्ने साथी हुन् । हामी दुईजना कामप्रति एकदमै इमानदार छौँ । त्यसैले मलाई यो फिल्मको अफर मिलेको हो । मैले यस फिल्मको  स्क्रिप्ट सुरुदेखि अन्त्यसम्म पढेँ । राम्रो लाग्यो । त्यसैले मैले ‘हुन्छ’ भनेको हँु ।’

फिल्म साइन गर्ने वेलासम्म सलमान खानसँग कुनै कुरा नभएको उनले बताएकी छिन् । फिल्ममा काम गर्ने सहमति भइसकेपछि मात्र सलमान खान र क्याट्रिनाको फिल्म सेटमा भेट भएको बताइएको छ । 





  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार १९:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया