logo-img

राष्ट्रपति पौडेलद्वारा जलवायु अनुसन्धान केन्द्रहरूको अवलोकन (तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन् । 

जर्मनीको पोट्सडामका ती संस्थाहरूको अवलोकनका क्रममा राष्ट्रपति पौडेललाई वैज्ञानिकहरुले जलवायु परिवर्तनको असरहरुका बारेमा जानकारी गराउँदै विकसित राष्ट्रहरुले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाउन आग्रह गरे । 

‘जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो । तपाईंहरूले अनुसन्धानमा  ठूलो प्रगति गर्नुभएको छ । तर अब  अनुसन्धानमात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्यो,’राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘नेपालमा जलवायु परिवर्तनको असर देखिइसक्यो । हिमालयहरू काला पहाडमा परिणत भइसके । अब यसको असर विकसित मुलुकहरूमा पनि पर्नेछ र यो पृथ्वीलाई जोगाउने कुरा हो । त्यही भएर तपाईँहरूले मारमा परेका देशले के के गर्नुपर्यो र विकसित देशले के के गर्नुपर्यो भनेर स्पष्टसँग समाधानका उपाय  दिन आावश्यक छ  ।’

जिएफजेडका साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउन्टर, पोस्टाडाम इन्स्टिट्युट फÞर क्लाइमेट इम्प्याक्ट रिसर्च (पिआइके)का अनुसन्धान समूहका प्रमुख युर्गन पी. क्रप, नेपाली रिसर्च इन्स्टिट्युट फर सस्टेनेबलेटीका अनुसन्धान समूह नेता डा. महेश्वर रूपाखेतीलगायत वैज्ञानिकले विभिन्न विषयमा सो अवसरमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । 

 





 

 

 

 

  • प्रकाशित मिति : असार २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया