logo-img

एक चिनियाँ मूलका नागरिक ६ किलो सुनसहित काठमाडौंबाट पक्राउ
फाइल तस्बिर

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए । 

उनले भने, ‘काठमाडौंबाट ६ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ 

पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सिआइबी ले जनाएको छ । 





  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया