logo-img

माधव नेपालको दाबी- एकीकृत समाजवादी अब पहिलो पार्टी बन्छ, हामी खटेर काम गर्छौँ
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले महाधिवेशन लगत्तै पहिलो पार्टी बन्ने गरी काम गर्ने बताएका छन् । सोमबार अनेमसंघ (समाजवादी) को मुख पत्र विमोचन कार्यक्रममा उनले अहिले पार्टीमा विचारको कुनै मतभेद नरहेको भन्दै महाधिवेशनबाट नै पहिलो पार्टी बन्ने गरी खटेर काम गर्ने दाबी गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । किनभने समाजवादलाई झण्डा फहराउँदै अघि सार्ने पार्टीको नाम नै हो ‘नेकपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी’ । समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौँ । त्यसैले पहिलो दिनदेखि नै पाइला त्यतै सारेका छौँ ।’

‘हामी महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौँ जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रूपमा अगाडि सार्दैछ । यसका निम्ति हाम्रा सम्पूर्ण नेता र कार्यकर्ताहरूको कुनै एउटाको होइन । सामूहिक बुद्धिबाट नै हामीले दस्ताबेजहरू अगाडि सारिरहेका छौँ,’ उनले भने । 

उनले नेपाली समाजको रूपान्तरणका लागि वर्तमान निर्वाचन प्रणाली र संरचना परिवर्तन गर्न आवश्यक रहेको बताए । अहिलेको व्यवस्थामा पनि महिलामाथिको हिंसा र दलितमाथिको अत्याचार पीडादायी रहेको भन्दै सुधार गर्न जरुरी रहेको उनको भनाई छ । 

उनले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि समाजवादी मोर्चा हुँदै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध गरेर अगाडि बढ्ने बताए । 





  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया