logo-img

काठमाडौंमा ‘इन्धन अभाव’ले बिहानदेखि सवारी अस्तव्यस्त, दिउँसो जुट्यो सरकारसँग सहमति

पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरू आन्दोलित हुँदा पेट्रोलियम वितरणमा समस्या आएको छ । काठमाडौं उपत्यकाभित्रका अधिकांश पम्प क्षेत्र दिनभर अस्तव्यस्त भएका छन् । 

आइतबारदेखि ढुवानीकर्ताहरू विभिन्न मागसहित आन्दोलित भएपछि उपत्यकासहित देशभरको पेट्रोलियम पदार्थ वितरण प्रणालीमा समस्या आएको हो । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले सरकारसमक्ष विभिन्न ७ बुँदे माग राख्दै देशभरका १८ सयभन्दा बढी चालक आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरूको सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने माग रहेको छ । काठमाडौं उपत्यकामा रहेका प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले सञ्चालन गरेको पम्प एवम साझा पेट्रोल पम्पमा इन्धन भर्नेको लाइनले गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । निजी क्षेत्रबाट संचालित पम्पहरु भने दिनभर बन्द रहेका थिए । 

तर, सोमबार दिउँसो सरकार र ट्याङ्कर मजदुरहरूबीच सहमति भने भइसकेको छ । चालकहरूले उठाएका सात बुँदे माग १५ दिनभित्र पूरा गर्ने सरकारी प्रतिवद्धतापछि सहमति बनेको हो । 

सोमबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, आयल निगमका कार्यकारी निर्देशकसहितको सरकारी टोली र नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका प्रतिनिधिबीच भएको वार्तापछि सहमति जुटेको चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए । 



‘भर्खरै वार्ता सकियो । १५ दिनभित्र हामीले अघि सारेका सात बुँदे माग पूरा गर्ने सरकारी पक्षले प्रतिबद्धता जनाएको छ । सहमतिको खाका तयार गर्दैछौं, केही समयमा सार्वजनिक गर्छौं,’ अध्यक्ष लामाले भने । 



  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया