logo-img

अछाममा छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार
प्रतीकात्मक तस्वीर

छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरी सोमबार राति सामूहिक बलात्कृत भएकी हुन् ।

किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएकी हुन् । उनी ११ वर्षदेखि मामाघरमै बस्दै आएकी थिइन ।

उनलाई अचेत अवस्थामा देखेपछि मंगलबार बिहान स्थानीय एकजना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन् । स्थानीय किशोरीले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेलगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो । 

अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको हो । अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि बलात्कार भएको प्रहरीलाई बताएकी छन् ।

उनले स्थानीय १७ वर्षीय किशोरलगायत तीन–चार जनाले बलात्कार गरेको बताएकी छन् ।  





  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया