logo-img

टी-२० विश्वकपमा खराब प्रदर्शनपछि केन विलियम्सनले त्यागे कप्तान पद

आइसिसी टी–२० विश्वकप २०२४ मा न्यूजिल्यान्डको खराब प्रदर्शनपछि कप्तान केन विलियम्सनले पदबाट राजीनामा दिएका छन् । साथै उनले न्यूजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन् ।

विलियम्सन अब न्यूजिल्याण्ड टोलीको नियमित सदस्य नरहने र ठूला प्रतियोगितामा मात्रै खेल्न सक्ने अनुमान गरिएको छ ।

जारी विश्वकपमा केन विलियम्सनको नेतृत्वमा रहेको न्यूजिल्याण्ड टोलीको प्रदर्शन राम्रो हुन सकेन । न्यूजिल्याण्डको टोली सुपर–८ मा पुग्न नसकेर समूह चरणबाटै बाहिरियो । 

वेस्ट इन्डिज र अफगानिस्तानसँग न्यूजिल्याण्डले लज्जास्पद हार बेहोरेपछि टी–२० विश्वकप ट्रफी जित्ने सपना चकनाचुर भयो । सोही कारण विलियम्सनले न्यूजिल्याण्डको कप्तानीबाट राजीनामा दिएका बुझिएको छ ।

उनले आफूले विदेशी टी–२० लिगमा खेल्नुपर्ने भएकाले केन्द्रीय सम्झौता पनि अस्वीकार गरेको प्रतिक्रिया दिएका छन् । 





  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया