संघीय संसद् भवनभित्र प्रहरी जवान मृत फेला परेका छन् । बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोले शौचालयमा गोली लागेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।
अहिले घटनाको मुचुल्का भइरहेको छ । गोले २०७८ मा नेपाल प्रहरीको हेडक्वार्टरबाट खटाइएको स्पेशल टाक्स फोर्समा भर्ना भएका थिए ।
उनी बिहान ड्युटी गरिरहेका थिए । पारिवारिक कारणले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।