logo-img

कांग्रेस नेता गान्धीले केरलाको वायनाड त्यागेर रायबरेली रोज्नुको कारण के हो ?

कांग्रेस नेता राहुल गान्धीले केरलाको वायनाड लोकसभा सीटबाट राजीनामा दिएका छन् । लोकसभामा एउटा क्षेत्रबाट मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्थाबमोजिम उनले वायनाडलाई छोडेर उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्र रोजेका हुन् । 

लोकसभा सचिवालयले गान्धीले वायनाड क्षेत्रबाट राजीनामा दिएर रायबरेली क्षेत्र रोजेको जानकारी दिएको छ । गान्धीले राजीनामा दिनुअघि कांग्रेसका सभापति मल्लिकार्जुन खर्गेले पार्टीका शीर्ष नेताहरूसँग छलफल गराएका थिए । लगत्तै गान्धीले मंगलबारदेखि नै लागू हुने गरी लोकसभा सचिवालयमा राजीनामा पत्र पेश गरेका थिए । 

सो क्षेत्रबाट गान्धीले राजीनामा दिएपछि अब लोकसभामा कांग्रेसका ९८ सांसद रहनेछन् । कांग्रेसले रिक्त भएको सो क्षेत्रबाट अब प्रियंका गान्धी उम्मेदवार बन्ने भएकी छन् । 





  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया