logo-img

गोरखाको पालुङटार चितुवा मृत भेटियो

गोरखामा चितुवा मृत भेटिएको छ । जिल्लाको पालुङटार नगरपालिका–७ च्याङलिङस्थित म्याङ्गो गार्डेन रिसोर्ट नजिकै सडकमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत महेश पौडेलले जानकारी दिए । 

स्थानीयवासी र प्रहरीले डिभिजन कार्यालय गोरखामा जानकारी गराएपछि डिभिजन कार्यालय गोरखाको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरी मुचुल्का उठाएर बेलुका साँझ १ बजे डिभिजन वन कार्यालय गोरखामा ल्याइएको उनले बताए । 

मृत अवस्थामा रहेको चितुवालाई कार्यालयले दुरुपयोग नहुने गरी सुरक्षित ठाउँमा व्यवस्थापन गरिने डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।   





  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया