‘डी प्लस’ ग्रेडका विद्यार्थीकाे रजिस्ट्रेसन रोक्ने पाेखरा विश्वविद्यालयकाे निर्णय

पाेखरा–  पोखरा विश्वविद्यालयले स्नातक तहमा ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीकाे भर्ना नलिने भएकाे छ । 

व्यवस्थापन संकायकाे स्नातक तहमा भर्ना हुन याेग्यता नपुगेका विद्यार्थीकाे रजिस्ट्रेसन रोक्ने निर्णय शनिबार विश्वविद्यालयले गरेकाे छ ।

विश्वविद्यालयकाे प्राज्ञिक परिषद् र कार्यकारी परिषद्ले उक्त निर्णय गरेका हुन् । निर्णय कार्यान्वयन गर्न विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशनसमेत जारी गरिसकेकाे छ । 

विश्वविद्यालयले शनिबार नै विज्ञप्ति जारी गर्दै कक्षा ११ र १२ मा एक वा एकभन्दा बढी विषयमा न्यूनतम ‘सी’ ग्रेड× प्राप्त नगरेका विद्यार्थीलाई चालु शैक्षिक सत्रमा रजिस्ट्रेसन नगर्ने जनाएको छ ।

विश्वविद्यालयले सम्बन्धनप्राप्त कलेजलाई पनि यससम्बन्धमा सचेत गराउँदै ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीकाे रजिस्ट्रेसन रोक्न आग्रह गरेकाे छ । ‘विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय अवज्ञा गरेका कारण विश्वविद्यालयको शैक्षिक वातावरण र साख धमिल्याउने काम हुन गएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘विश्वविद्यालयको नीति, नियमको पुनः उल्लंघन गरेमा नियमअनुसार ती कलेजको सम्बन्धन समेत खारेज हुन सक्नेछ ।’

चारवटै संकायअन्तर्गत स्नातक तहका सम्पूर्ण विषयको रोकिएको परीक्षा सञ्चालनका लागि सहज वातावरण बनाउन विश्वविद्यालयले आग्रह गरेकाे छ । 



परीक्षा सञ्चालन गर्न चौतर्फी दबाब भएपछि विश्वविद्यालयले सरोकारवालाको बैठक बाेलाएकाे थियो । बैठकमा सहभागीले ‘डी प्लस’ खारेज गर्न, भर्ना लिने सम्बन्धनप्राप्त कलेजलाई कारबाही गर्न र तुरुन्त परीक्षा सञ्चालन गर्न जाेड दिएका थिए । 

यही विषयलाई लिएर भएकाे विद्यार्थी आन्दाेलनका कारण स्नातक तहकाे परीक्षा ३ पटक सरिसकेकाे छ । र विश्वविद्यालयले वैशाख ५ मा सूचना प्रकाशन गरी परीक्षा स्थगित गरेको छ।



  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार ८:२२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया