logo-img

साउदीमा गर्मीका कारण हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

अत्यधिक गर्मीका बीच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको सङ्ख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । 

मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्ध वृद्धा र दीर्घरोगीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया लगायत देशका नागरिकहरू छन् । 

भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको त्यहाँस्थित कूटनीतिक नियोगलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । हज यात्राका क्रममा बर्सेनि यत्तिका सङ्ख्यामा हजयात्रीहरूको मृत्यु गरेको छ । 

तर, यो वर्ष अझै समय बाँकी रहेकाले विगतभन्दा धेरैले ज्यान गुमाउनुपर्ने स्थिति बनेको अधिकारीहरूले बताएका छन् । ‘यो हरेक वर्ष हुन्छ । यो पनि निरन्तरता नै हो । तर अब केही दिनमा यो अझै बढेर जाँदै छ भन्ने कुरा चाहिँ हाम्रो लागि जोखिमपूर्ण हो,’ एक अधिकारीले भनेका छन् । 





  • प्रकाशित मिति : असार ६, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया