नेकपाले विशेष कार्यक्रम गरेर ७० औं स्थापना दिवस मनाउने

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ले भोलि ७० औं स्थापना दिवस मनाउने भएको छ । त्यसका लागि भोलि दिउँसो १२ बजे प्रज्ञाभवन, कमलादीमा सो सम्बन्धी विशेष कार्यक्रम आयोजना गरिने नेकपाले जानकारी दिएको छ  । 

स्थापना दिवसका अवसरमा पूर्व माओवादी र एमालेबीच भएको पार्टी एकतालाई निष्कर्षमा पुर्याइने नेताहरूले बताएका छन् । पार्टीको सचिवालय, स्थायी कमिटि र केन्द्रीय तहमा एकता भए पनि पार्टीको तल्ला तहमा एकीकरण हुन बाँकी छ ।

स्थापना दिवसकै दिन पार्टीका सम्पूर्ण संगठनको एकतासहित पार्टी एकताको घोषणाको तयारीमा नेताहरू लागिपरेका छन् । पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली हप्तादिनदेखि एकताकै विषयमा असन्तुष्ट पक्षसँग छलफलमा जुटिरहेका छन् ।

पार्टी एकतामा सो पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले फरकमत राख्दै आएका छन् ।


 






  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार १०:५९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया