Tue, 20 Aug, 2019


[अपडेट] श्रीलंकामा तीन चर्चसहित धेरै ठाउँमा बम विस्फाेट, २५ काे मृत्यु
फरकधार / बैशाख ८, २०७६

श्रीलंका– आइतबार इस्टरकाे समयमा श्रीलंकाका धेरै ठाउँमा बम विस्फाेट भएकाे छ । विस्फाेटमा परी कम्तीमा २५ जनाकाे मृत्यु भएकाे छ ।  र २०० भन्दा बढी मानिस घाइते भएका छन् । 



घाइतेहरुकाे काेलम्बाेकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ । अहिलेसम्म प्राप्त जानकारीअनुसार तीन चर्च र काेलम्बाेकाे फाइभ स्टार हाेटलमा समेत गरेर ६ ठाउँमा विस्फाेट भएकाे छ । 

काेलम्बाेकाे सेन्ट एन्टाेनियाे चर्च पनि विस्फाेटकाे शिकार भएकाे छ । यी चर्चहरुमा हजाराैंकाे संख्यामा मानिसहरु प्रार्थनाका लागि जम्मा भएका थिए । 

उक्त घटनापछि शहरकाे सुरक्षा बढाइएकाे छ । घटनास्थलमा उद्धार तथा राहत कार्य जारी छ । अहिलेसम्म याे आक्रमणकाे जिम्मा कसैले पनि लिएकाे छैन । 

इस्टर सन्डे इसाई धर्मकाे प्रमुख पर्व हाे । 

 



यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्