logo-img

एनओसीले आइतबार १० विधामा अवार्ड प्रदान गर्ने

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आउँदो आइतबार विभिन्न १० विधामा एनओसी अवार्ड प्रदान गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजन गर्दै एनओसीले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा जुन २३का दिन अवार्ड वितरण गर्ने जानकारी दिएको हो ।
 
तेस्रो संस्करणको अवार्डमा एनओसी उत्कृष्ट पारा खेलाडी, एनओसी उत्कृष्ट पुरुष/महिला खेलाडी, एनओसी उत्कृष्ट पुरुष/महिला प्रशिक्षक र एनओसी उत्कृष्ट संघलाई अवार्ड प्रदान गरिने एनओसीका सदस्य समेत रहेका अवार्ड आयोजक कमिटीका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले जानकारी दिए ।

अवार्डमा पारा विधा पहिलोपटक समावेश गरिएको उनको भनाइ थियो । त्यस्तै, खेलकुद पत्रकारितातर्फ छापा, अनलाइन, टेलिभिजन र फोटो विधामा ४ जनालाई पुरस्कृत गरिनेछ । प्रत्येक विधाका विजेतालाई प्रशंसा पत्रसहित जनही ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । 

सोही अवसरमा ‘एनओसी प्रेसिडेन्ट रिकोग्निसन’ पनि प्रदान गरिने एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले जनाएका छन् ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यक्रमले ओलम्पिकको मूल्य र मान्यतालाई स्थापित गराउन र खेलकुदको विकासमा टेवा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।





  • प्रकाशित मिति : असार ६, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया