logo-img

टी–२० विश्वकप : भारतले अफगानिस्तानलाई दियो १ सय ८२ रनको लक्ष्य

टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा भारतले अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य दिएको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो।

भारतका लागि सूर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए। त्यस्तै, विराट कोहलीले २४ रन बनाउँदा हार्दिक पाण्ड्याले ३२ रन बनाए। यस्तै, ऋषभ पन्तले २० रन बनाउँदा शिवम् दुवेले १० रन बनाए।

अफगानिस्तानका लागि रसिद खान र फजलहक फारुखीले ३–३ विकेट लिए भने नभिन उलहकले १ विकेट लिए।





  • प्रकाशित मिति : असार ६, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया