Tue, 20 Aug, 2019


‘म चाहान्छु तिमीलाई’ सार्वजनिक
फरकधार / बैशाख ८, २०७६

काठमाडाैं– निर्देशक कृष्ण पौडेलको निर्देशनमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।



गायक तथा सर्जक दिपक नेपालीको शब्द तथा संगीतमा तयार भएको ‘म चाहान्छु तिमीलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

यस गीतमा स्वर सर्जक स्वयंम दिपक नेपाली र अन्जु पन्तकाे छ । म्युजिक भिडियाेमा बिनोदसँगै मेलिसा लामिछानेको अभिनय रहेको छ । हेटौंडाका विभिन्न स्थानमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका छन् । म्युजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्