युइएफए युरो कप २०२४ मा युक्रेनले पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्नेक्रममा युक्रेनले शुक्रबार बेलुका भएको खेलमा स्लोभाकियाविरुद्ध २–१ को पुनरागमन जित निकाल्यो ।
युक्रेनको जितमा माइकोला शापारेन्को र रोमन यारेमचुकले एक–एक गोल गरे । जर्मनीको मर्कुर स्पील एरेनामा भएको खेलमा सुरुवाती अग्रता स्लोभाकियाले लिएको थियो ।
उसका लागि इभान श्रान्जले १७औँ मिनेटमा गोल गरे । तर, स्लोभाकियाले अग्रता जोगाउन सकेन । ५४औँ मिनेटमा माइकोला शापारेन्कोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि ८०औँ मिनेटमा रोमन यारेमचुकले गोल गर्दै युक्रेनलाई २–१ को रोमाञ्चक जित दिलाए । यो जितपछि युक्रेन तीन अंकसहित समूह ‘इ’ को दोस्रो स्थानमा उक्लिएको छ ।
ऊ पहिलो खेलमा रोमानियासँग पराजित भएको थियो । पराजित स्लोभाकिया तीन अंकसहित तेस्रो स्थानमा छ । उसले पहिलो खेलमा उपाधि दाबेदार बेल्जियमलाई १–० ले स्तब्ध पारेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।