एकता प्रक्रिया टुंग्याउन नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय वैठकको फाइल तस्बिर

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता प्रक्रिया टुंग्याउन पार्टीको सचिवालय बैठक आइतबार साँझ बस्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आज साँझ ६ बजेका लागि सचिवालय बैठक डाकिएको बताएका हुन् ।  

प्रचण्डले दुई जना कमरेड साथीहरूलाई तयारी बैठक गर्न निर्देशन दिइएको जानकारी दिए । उनले नाम भने उल्लेख गरेनन् । 

नेतृत्व चयनमा अनुहार नहेरिने जानकारी दिंदै अध्यक्ष दाहालले भोलि नै जिल्ला संगठन र जनसंगठनको नेतृत्व घोषणा हुने बताए । उनले भने, ‘अनुहार हेरेर मूल्याङ्कन गर्ने अवस्था छैन। सिद्धान्त तोकेर निर्णय गर्छौं । 

उनले अब पार्टी एकता टुंगिएको पनि बताए । भोलि कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन दुवै अध्यक्षले सम्बोधन गर्दे पार्टी एकता टुंगिएको घोषण गर्ने बताए । उनले भने, ‘अब एकता टुंगियो । पार्टी केन्द्रको तर्फबाट कार्यक्रम राखेका छौं। सचिवालय बैठकको निर्णयको भोलि घोषणा हुनेछ । दुई अध्यक्षबाट सम्बोधन गर्ने कार्यक्रम छ।’

प्रचण्डले पार्टीको विधानमा एकता कार्यदलले दिएको प्रतिवेदन अनुसार पूनरावलोकन गर्ने बताए। उनले भने, ‘ विधानमा रिभ्यु गरेर छिट्टै छाप्ने तयारी गरेका छौँ, ‘विधानलाई अन्तिम रूप दिइएको छ।’






  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार १३:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया